×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल

१६ पुष २०७७

१६ पुस, ताप्लेजुङ ।
फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो ।

पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन् । “पहिले त हिमालमा विदेशी मात्रै जान्छन् जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ”, उनले भनिन्, “आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुशी लागेको छ ।”

Advertisement
Advertisement

कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्य आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ । मनिषा मात्रै होइन पछिल्लो एक महिनामा ७० भन्दा धेरै जिल्लावासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन् । सय हाराहारी यात्रामा छन् । कोहिले भने जाने योजना बनाउँदै गरेको आधार शिविर प्रवेशद्वार घुन्साका व्यवसायी धार्के शेर्पाले बताए ।

“अघिल्लो वर्षहरुमा नेपाली खासै आउँदैनथे । त्यसमा पनि घुम्नैका लागि भनेर ताप्लेजुङ्गे आएको मलाइ थाहा थिएन”, उनले भने, “अहिले जिल्लाकै मानिस धेरै आइरहेका छन् ।” विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले भए पनि आफूहरुलाई केही राहत भएको उनको भनाइ छ । विदेशी भने एक जना अमेरिकी र एक जना चिनियाँ मात्रै गएको उनले सुनाए ।

कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेपछि विदेशी र स्वदेशी पर्यटकले घुम्न पाएनन् । पर्यटकीय क्षेत्रका होटलरपसल पनि बन्द भए । चैतयता पर्यटकीय गतिविधि ठप्प नै भयो । अहिले माहामारीकै अवस्था रहे पनि जिल्लाका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकले भए पनि केही आशा जगाएको कञ्चनजङ्घा आधार शिविरमा पर्ने ग्याब्लाका पासाङ शेर्पाले बताए ।

फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन लिम्बू गत हप्ता आधार शिविर (पाङ्पेमा) पुगेर फर्किए । छ जनाको टोलीसहित जानुभएका उनको पनि जाने रहर भने पहिल्यैदेखिको थियो । “बाहिरका साथीले कञ्चनजङ्घाको बारेमा सोध्थे । त्यसबेला बताउन आफैँलाई अप्ठ्यारो लाग्थ्यो”, लिम्बूले भने, “एक पटक पुग्नै पर्ने ठाउँ रहेछ ।”

पछिल्लो समय नेपालीमा घुम्ने बानीको विकास भइरहेको र त्यसलाई राज्यले थप प्रवद्र्धन गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वकार्यालय सचिव तेञ्जिङ वालुङ बताउँछन् । “आफ्नो देश–जिल्ला–गाउँ घुम्न चाहनेलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, विभिन्न छुट र बिदा दिने योजना ल्याउनुपर्छ”, उनले भने ।

भदौ–कात्तिक र फागुन–वैशाख यहाँ पर्यटक आउने ‘सिजन’ हो । अघिल्लो वर्ष एक हजार ३०० ले आधार शिविर घुमेको परिषद्को तथ्याङ्क छ । कञ्चनजङ्घा पदमार्गमा ६२ वटा होटल सञ्चालनमा छन् । नेपालमा कोरोना फैलिएपछि ती सबै बन्द थिए । अहिले आन्तरिक पर्यटक गएपछि अधिकांश होटल खुलेका छन् भने केही बन्द नै छन् ।

पदमार्गमा पर्ने सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङ्ग्याम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीयवासी हिमाल घुम्न आउने पर्यटकमै आश्रित छन् ।

पर्यटक नआएपछि आफूहरु मारमा परेको फलेका नोर्बु शेर्पाले बताउनुभयो । सिरिजङ्घा गाउँपालिकामा पर्ने आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालका दुई आधार शिविर छन् । पाङ्पेमा रहेको उत्तरी आधार शिविर हो । यहाँबाट हिमाल हेर्न मात्रै सकिन्छ । हिमाल चढ्ने दक्षिणी आधार शिविर ओक्तानबाट हो ।

आधार शिविर जाने पदमार्ग पनि दुई वटै छन् । सदरमुकाम फुङ्लिङबाट सिरिजङ्घा गाउँपालिकाको हप्पुखोला–याम्फुदिन हुँदै एउटा र फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै जाने अर्को ।

Advertisement

एउटा आधार शिविर मात्रै गए फुङ्लिङबाट ८–१० दिन र दुवै गए १५–२० दिन लाग्छ । फुङ्लिङबाट पदमार्गमा होटल र टि हाउस प्रशस्तै रहेकाले दुवै आधार शिविर पुग्न सहज रहेको तापेथोकका व्यवसायी सुसन लिम्बूले बताए । (रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top