एउटै गाउँमा डेढ करोडका सुन्तला

१६ पुस ७७, शुक्रबार

१७ पुस, गलकोट ।

सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका– ८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् ।

बगैँचा विस्तार र मलजल राम्रो गरे पनि आंैशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिए।

गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ । “यो वर्ष थप बगैँचा विस्तार भएका कारण रु साढे दुईदेखि तीन करोडका सुन्तला बिक्री हुने अपेक्षा गरेका थियौँ”, कृषक खड्काले भने, “मौसम राम्रो नभएका कारण केही सुन्तला उत्पादनमा कमी आए पनि रु डेढ करोडभन्दा बढी रकम यस वर्ष पनि सिगानामा भित्रिनेछ ।”

सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइ नसकेको अर्का किसान रामबहादुर खड्का बताउँछन् । “डोके व्यापारी आएका छन्, गत वर्षजस्तो ठूला व्यापारी आइसकेको अवस्था छैन”, खड्काले भने, “१० टन सुन्तला शीतभण्डारमा राखिएको छ, अन्य सुन्तला बिक्री गर्न थालिएको छ ।” अहिले शीतभण्डारमा राखिएका सुन्तला चैतमा मात्रै महङ््गो मूल्यमा बिक्री वितरण गरिँदै आइएको छ । यहाँका सुन्ताला बोटबाटै समेत बिक्री हुँदै आएका छन् ।

सुन्तलाको पकेट क्षेत्रकारूपमा रहेको सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । वडा कार्यालयले सुन्तला उत्पादन भएअनुसार यस वर्ष डेढ करोडका सुन्तला बिक्री गर्ने आकलन गरेको छ । सिगानामा अहिले प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री भइरहेको छ । सिगानामा राम्रो फल लागिरहेका १५ हजार सुन्तलाका बोट छन् । जसमध्ये बढीमा एक बोटबाट रु २५ हजारदेखि रु पाँच हजारसम्मका सुन्तला उत्पादन हुन्छन् ।

बानपा–८ का वडाध्यक्ष राजन जिसीका अनुसार वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ । वितरण गरेको बिरुवाले अबको दुई वर्षदेखि उत्पादन दिन थाल्नेछन् । “वडा कार्यालयले दिएका बिरुवाको उत्पादन हुने समय भएको छैन, सामान्यतया सुन्तलाका बोटले उत्पादन दिन चार वर्ष लाग्छ”, अध्यक्ष जिसीले भने, “अहिले उत्पादन भइरहेका सुन्तला व्यक्तिगतरूपमै अग्रसरता लिएर किसानले आफैँले लगाएका हुन् ।” तीन वर्षपछि सिगानामा कम्तीमा रु पाँच करोडको सुन्तला निर्यात हुनेछ ।

वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ भने सुन्तला लगाउँदा गुमेको कृषि उपज बराबरको रकमसमेत बागलुङ नगरपालिकाले दिने गरेको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक रु एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् ।

उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन÷चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताउनुभयो । खड्काको बगैँचामा १०० सुन्तलाको बोट छन् । सिगानाका अधिकांश स्थानीय सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् । सुन्तलाबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका किसान अनन्तबहादुर खड्काले यस वर्ष रु तीन लाखसम्मको सुन्तला बिक्री गर्ने आशा व्यक्त गर्छन् । सिगानाका कृषकले सुन्तला बिक्रीबाटै अधिकतम रु पाँच लाखदेखि न्यूनतम रु ७० हजार कमाउँदै आएका छन् ।

सिगानामा सुन्तला भण्डारणको समेत व्यवस्था छ । यहाँ दुई वर्षअघि गण्डकी प्रदेश सरकारको रु ३० लाखको लागतमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माणसमेत गरिएको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुन्छ ।

सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तला खेतीका लागि सिगाना उर्वर भएका कारण यस वर्ष थप १० हजार सुन्तलाका बिरुवा रोप्नका लागि अनावश्यक रुख हटाउने काम गरिने बागलुङ नगरपालिकाले जनाएको छ ।

सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, दमेकलगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । अहिले सिगाना सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर बनिसकेको छ । सिगानाको उपल्लो भागमा चिया र तल्लो भागमा सुन्तला खेती विस्तार गर्ने बागलुङ नगरपालिकाको योजनाअनुसार अनुदानको कार्यक्रमसमेत निरन्तर गरिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।  रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top