सन्दीप होर्वाट हुरिकेन्सवाट शनिबार मेलवर्न स्टार्सविरूद्ध मैदान उत्रदै

सन्दीप होर्वाट हुरिकेन्सवाट शनिबार मेलवर्न स्टार्सविरूद्ध मैदान उत्रदै

१७ पौष, काठमाडौं । कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका नेपाली लेग स्पीनर सन्दीप लामिछाने क्वारेन्टाइन मुक्त भएपछि सम्भवतः आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सवाट शनिबार जनवरी २ तारिखका दिन पहिलो खेल खेल्नेछन् ।

क्लबका पछिल्ला ६ खेल गुमाएका लामिछाने डिसेम्बर ३० मा क्वारेनटाइन मुक्त भएर तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलको तयारीमा जुटेका छन्।

नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया आइपुगेका सन्दीप यहाँको अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि बल्ल नयाँ क्लबको घरेलु मैदानमा शनिबार हुने खेलको अभ्यासमा जुटेका हुन्।

उनको क्लब होर्वाट हुरिकेन्सले सातौं खेलमा सन्दीपको पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। खेल अस्ट्रेलियन समय ५ बजेर पाँच मिनेटमा (नेपाली समय बिहान ११ः५० बजे) सुरू हुनेछ।

कोरोना संक्रमणका कारण समयमै आउन नपाएका सन्दीपको क्लब अहिले पनि ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सीडनी सिक्सर शीर्ष स्थानमा छ।

सन्दीपको टोलीले पुनः सोमबार जनवरी ४ तारिखका दिन ब्रिजबेनको गाब्बा मैदानमा मेलवर्न स्टार्ससँग खेल्ने कार्यक्रम रहेको छ। पुरानो क्लबविरुद्ध सन्दीपको प्रदर्शनी कस्तो रहने हो त्यो भने निकै प्रतिक्षाको विषय बनेको छ।

सन्दीपको शनिबारको सहभागिता भने होवार्टका प्रशिक्षक एडम ग्रिफीथ र कप्तान म्याथ्यू वेडको रोजाइमा भर पर्नेछ ।

होवार्टले किनेका विदेशी खेलाडीमध्ये दुई जना स्पीनर र एक व्याटसम्यान छन्। जसमा अफगानिस्तानका राइट आर्म लेग स्पीनर क्वाइस अहमद, दक्षिण अफ्रीकी ब्याट्सम्यान डेभिड मिल्लर र नेपालका राइट आर्म लेग ब्रेक सन्दीप लामिछाने हुन्।

सन्दीपलाई उनको क्लबले शनिबारको खेलका लागि खेलाउने सम्भावना निकै बलियो छ। किनभने मेलवर्न स्टार्समा लामो समय रहेका सन्दीपलाई त्यस टिमको आनीबानीका बारेमा ज्ञान छ। उनलाई क्लबले आफ्नो वेवसाइटमा शनिबारको टिममासमेत समावेश गरिसकेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.