उड्डयन क्षेत्रको आम्दानी गुम्यो

काठमाडौं : कोरोनाका कारण सन् २०२० सुखद रहेन। कोरोनाले सबैभन्दा बढी असर गरेको उड्डयन क्षेत्रको आम्दानी सन् २०२० मा करिब ८० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको समीक्षा अवधिसँग तुलना गर्दा करिब ५ अर्ब ६९ करोड रुपैयाँ आम्दानी घटेको देखिन्छ।

उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२० मा उड्डयन क्षेत्रले करिब १७ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गुमाएको छ। सन् २०२० को जनवरीबाट नै कोरोना भाइरसका कारण सबै उडानमा भएको प्रतिबन्धका कारण उड्डयन क्षेत्रले ठूलो धनराशि गुमाएको हो।

सन् २०२० मा नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले मात्रै करिब ५ अर्ब रुपैयाँ गुमाएको छ भने निजी क्षेत्रको हिमालय एयरलाइन्सले करिब २ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ। दुवै वायुसेवाले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। निगमले आन्तरिक उडान पनि भर्ने गर्छ। यस्तै, आन्तरिक तर्फका वायुसेवा कम्पनीले करिब १० अर्ब ६२ करोड रुपैयाँ गुमाएका छन्। यसमा हेलिकप्टर सेवा पनि समावेश गरिएको छ। सन् २०२० को मार्च २३ बाट लगाइएको उडानमा प्रतिबन्धका कारण र कोरोना संक्रमण वर्षभरि रहेका कारण सो वर्ष यात्रुको चहलपहल न्यून हुन पुगेको छ।

सेप्टेम्बर १ बाट बाह्य र सेप्टेम्बरको अन्तिम साताबाट मात्रै उडान खुलेको थियो। सन् २०२० को नोभेम्बरसम्म १० लाख ३९ हजार ३ सय २२ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन गरेका छन्। समीक्षा अवधिमा अघिल्लो वर्ष ४१ लाख ३८ हजार ४ सय ८२ यात्रुले आवागमन गरेका थिए। अघिल्लो वर्षसँग तुलना गर्दा करिब ६४।७३ प्रतिशतले यात्रु संख्या घटेको छ।

समीक्षा अवधि अन्तर्राष्ट्रियतर्फ ८६ प्रतिशत र आन्तरिकतर्फ ७३ प्रतिशतले हवाई यात्रु घटेका छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि करिब ६० प्रतिशत हवाई यात्रु संख्या घटेको छ। यसले गर्दा करिब ३ खर्ब ९१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी अन्तर्राष्ट्रिय वायुसेवाले गुमाएका छन्।,यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top