क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३६ लाख नाघ्यो

१९ पुस, बीबीसी ।
भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनले मूल्य पहिलोपटक ३० हजार अमेरिकी डलर अर्थात् ३६ लाख नेपाली रुपैयाँभन्दा बढी भएको छ।

Advertisement

शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो। केही साताअघि मात्रै पहिलोपटक बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नाघेको थियो।

गएको वर्ष मात्रै बिटक्वाइनको मूल्य चौगुनाभन्दा बढी बढेको छ। यसको कारण यसमा लगानी गर्न इच्छुक लगानीकर्ता धेरै रहनु बताइएको छ। विज्ञहरूले अमेरिकी डलर अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएका छन्।

Advertisement

अमेरिकी डलरको मूल्य गत वर्ष मार्चमा कोरोनाभाइरसको कारण बढेको थियो तर त्यसयता अमेरिकी ढुकुटीबाट धेरै खर्च भएकोले यसको मूल्य घटेको छ। बिटक्वाइन अमेरिकी डलर वा अन्य मुद्रा झैँ प्रयोग हुन्छ।

हालै पेपल नामक अनलाइन पेमेन्ट गेटवेले बिटक्वाइनबाट कारोबार गर्न सकिने बनाएको थियो। तर क्रिप्टोकरेन्सीको मूल्य घटबढ भइरहने गर्छ।

Advertisement

सन् २०१७ मा बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नजिक पुगेर घटेको थियो। बिटक्वाइनको सबैभन्दा कम मूल्य ३,३०० डलरसम्म पुगेको छ। गत वर्ष नोभेम्बरमा १९ हजार नाघेपछि यसको मूल्य फेरि कम भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top