एन्जियोप्लास्टी गरेपछि सौरभ गाङ्गुलीको स्वास्थ्यवस्था स्थिर

१८ पुस ७७, आइतबार

१९ पुस, एजेन्सी ।
भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाङ्गुलीको मुटुको शल्यक्रिया गरिएको छ।

गाङ्गुलीलाई शनिबार बिहान व्यायाम गर्ने क्रममा हृदयाघात भएपछि पश्चिम बंगालको वुडल्याण्ड अस्पतालमा भर्ना गरिएको थियो। ‘सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ,’ गाङ्गुलीको उपचारमा संलग्न चिकित्सक सरोज मण्डलले अस्पताल बताएका छन्।

गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तानका आफन्त तथा सुभेच्छुक अस्पताल परिसरमा जम्मा हुँदा ठूलो भीड लागेको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गांगुलीको परिवारलाई उद्धृत गर्दै भने, ‘मैले गाङ्गुलीको परिवारसँग कुराकानीका क्रममा पारिवारिक एक सदस्यले उनको अवस्था स्थिर रहेको र उपचारमा राम्रो प्रतिक्रिया मिलिरहेको जानकारी पाएको छु।’

गाङ्गुली सन् २०१९ मा सर्वसम्मतरूपमा बीसीसीआईको अध्यक्ष निर्वाचित भएका थिए। सफल खेलाडीको रूपमा उनले लामो समय भारतीय क्रिकेटको नेतृत्व गरेका थिए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top