पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

२० पुस, काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थप उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन् ।

प्रचण्डसंगै छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगिएको हो । सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.