पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित विमानस्थलबाट एक जना पक्राउ

२० पौष, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

Advertisement

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । यस घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top