सुर्य चिन्ह र नेकपाको सम्पति हाम्रो हुन्छ: रघुजी पन्त

२० पुस, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड –माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडी बढाउने बताएका हुन् ।

पन्तले संसद विघटनको सम्बन्धमा सर्वाेच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुर्नस्थापना बाहेक केही हुन नसक्ने उनले बताए । संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाई छ ।

Advertisement

स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड–माधव पक्षसँग भएको, बहुमत भएको, सुर्य चिन्ह आफुहरुले पाउने, संसद पुर्नस्थापना हुने र नेकपाको सम्पति आफुहरुको हुने दाबी उनले गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top