२० पुस, काठमाडौं ।
पछिल्लो समय बजारमा तरलता बढेसँगै वाणिज्य बैंकहरुले दैनिक ३ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गर्न थालेका छन् । पछिल्लो एक साताको तथ्याङ्क हेर्दा बैंकहरुको कर्जा लगानी दैनिक ३ अर्ब भन्दा माथि देखिएको हो ।
नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा बैंकहरूले २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पुस १७ गतेसम्ममा बैंकहरुले ३१ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा ३० खर्ब ५५ अर्ब स्वदेशी मुद्रामा र १ खर्ब ७ अर्ब रुपैयाँ बैदेशिक मुद्रामा कर्जा लगानी भएको छ ।
पछिल्लो समय कर्जाको वृद्धिदर गत वर्षको तुलनामा भन्दा पनि धेरै छ । तर, निक्षेप पनि सोही अनुपातमा बढेको र केन्द्रिय बैंकले सिआरआर, सिसिडि लगायतमा केही लचकता अपनाएको कारण प्रणालीमा अझै अधिक तरलता रहेको छ ।


