भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

२० पुस, कञ्चनपुर ।

Advertisement

कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते भएका छन् । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर-१ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुनारका घुँडामुनि गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । साँझपख सीमा नजिकैको भारतीय वन क्षेत्रमा गएका बेला अचानक गोली चलेको हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top