इलामबाट श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२० पुस ७७, मंगलबार

२१ पौष, ईलाम । इलामको देउमाई नगरपालिका-८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

Advertisement

आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी वादविवादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top