कर्णालीमा मुख्यमन्त्री शाहीको पद सुरक्षित

कर्णालीमा मुख्यमन्त्री शाहीको पद सुरक्षित

सुर्खेत : कर्णालीमा तत्कालका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित बनेको छ। नेकपा विभाजनसँगै मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुईजना मन्त्री र एक सांसद अर्को समूहमा प्रवेश गरेपछि प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना टरेको हो।

नेकपा विभाजन हुनुको एउटा कारण कर्णालीको विवाद पनि हो। यसअघि गत असोजमा नेकपाकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। यही कारणले नेकपाको केन्द्रमासमेत विवाद चर्किएको थियो। तर पूर्वमाओवादीको तर्फबाट मुख्यमन्त्री बनेका शाहीलाई माधव नेपाल पक्षका सांसदले हस्ताक्षर फिर्ता लिएर साथ दिएका थिए। त्यसबेला बल्लतल्ल पद जोगाएका मुख्यमन्त्री शाही पार्टी विभाजन भएपछि थप संकटमा परेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.