ट्रम्पलाई स्कटल्यान्ड प्रवेशमा रोक

२२ पुस, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अन्य विदेशी यात्री जसरी नै स्कटल्यान्डमा प्रवेश गर्नबाट रोक लगाइने भएको छ ।

कोरोना भाइरससँग सम्बन्धित नियमका कारण अत्यावश्यकबाहेक कामका लागि कोही पनि विदेशीलाई देश भित्रिन निषेध गरिएको स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरजनले मंगलबार जानकारी दिएकी हुन् ।

नयाँ राष्ट्रपति निर्वाचित भएका जो बाइडेनको आगामी जनवरी २० मा हुने ह्‌वाइट हाउस प्रवेश कार्यक्रमका बेलामा ट्रम्पले स्कटल्यान्डस्थित आफ्नो गल्फ कोर्स भ्रमण गर्ने योजना बनाइरहेको यतिबेला बढ्दो आशंका रहेको छ ।

Advertisement

तर स्कटल्यान्डमा भने सोमबारदेखि जनवरीभरका लागि झन् कडा लकडाउन जारी गरिएको छ । यसअन्तर्गत अति आवश्यक कामबाहेक सबै बासिन्दालाई घरमै बस्न निर्देशन दिइएको हो ।

स्टरजनले भनेकी छन्, “डोनाल्ड ट्रम्पको भ्रमण योजनाबारे मलाई केही खबर छैन । हामीले अति आवश्यक काम भएको अवस्थाबाहेक कसैलाई पनि स्कटल्यान्ड प्रवेश गर्न अनुमति दिएका छैनौँ ।

Advertisement

र यो नियम बाँकी सबैलाई जसरी उनीमाथि पनि लागु हुनेछ । गल्फ खेल्न आउनु मलाई कुनै हिसाबमा अत्यावश्यक काम जस्तो लाग्दैन ।”

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top