डब्लुएचओको टोलीलाई चीन प्रवेशमा रोक, भिसा नदिएको भन्दै गेब्रियसस निराश

२२ पुस, एजेन्सी ।
कोभिड १९ को सुरुवात कसरी भयो भन्ने अनुसन्धानका लागि खटिएको विश्व स्वास्थ्य संगठनको एउटा टोलीलाई चीन प्रवेश गर्न रोक लगाइएको छ।

कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको भन्ने आधारमा त्यहाँ अध्ययनका लागि जान लागेको टोलीलाई प्रवेश नदिइएको हो। टोलीमध्येका दुई जना अनुसन्धानका लागि हिँडिसकेका थिए जसमध्ये एकजना फर्काइए भने एकजना तेस्रो मुलुकमा अड्किएका छन्।

भिसा नमिल्दा समस्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठन र बेइजिङबीच लामो समयको छलफलपछिमात्रै अनुसन्धान गर्न दिने विषयमा सहमति जुटेको थियो।

Advertisement

यो भाइरस पहिलो पटक वुहानमा सन् २०१९ को अन्त्यतिर देखिएको थियो जहाँबाट यो विश्वभर फैलियो। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडनोम गेब्रियसले चीनले भिसा नदिनुलाई ज्यादै निराशापूर्ण भनेका छन्।

चीनले अझै संगठनका टिमलाई अनुमति दिएको छैन जबकि अनुसन्धानका लागि टोली तयारी अवस्थामा पुगिसकेको छ। टोलीमध्येका दुई जना हिँडिसकेका छन् भने बाँकी अन्तिम समयमा आएर अड्किएका छन्।

Advertisement

मलाई दिइएको आश्वासन अनुसार चीनले सकेसम्म छिटो आन्तरिक प्रकृयाहरु पूरा गर्ने, गेब्रियसले जेनेभामा पत्रकारहरुसँग भने। उनका अनुसार चिनियाँ उच्च अधिकारीहरुसँग यस विषयमा लगातार संवाद भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले १० जना विज्ञको अन्तर्राष्ट्रिय टोली चीनमा अनुसन्धानका लागि महिनौ अघिदेखि तयारी अवस्थामा राखेको हो। यो टोलीले पेन्डामिकको सुरुवात कुन जनावरबाट सुरु भयो र कसरी मानव जातिमा फैलियो भन्ने खोज गर्ने लक्ष्य लिएको छ।

गत महिनामात्र यो टोलीले २०२१ को जनवरीबाट काम थाल्ने घोषणा भएको थियो। रोयटर्सले डब्लुएचओका इमर्जेन्सी प्रमुख माइक रायनलाई उदृत गर्दै जनाएअनुसार चीनबाट एक जनालाई फर्काइएको छ भने एक जना तेस्रो मुलुकमा नै रहेका छन्।

कोभिड १९ पहिलो पटक चीनको हुवेई प्रान्तको वुहान शहरमा पहिचान भएको थियो। जनावरको मासुबाट मानिसमा यो भाइरस प्रवेश गरेको सुरुवाती आँकलन थियो। त्यहाँको मासु बजारबाट मानिसमा भाइरस प्रवेश गरेर विश्वव्यापी संकट पैदा भएको अनुमान थियो।

तर, त्यो मासु बजार भाइरसको स्रोत नहुने सम्भावनाहरु पनि उत्तिकै देखिएका थिए। कतिपयले चमेरोबाट मानवमा यो भाइरस फैलिएको तर्क गरेका छन्। वैज्ञानिक अनुसन्धानको अभावका कारण यो भाइरस कसरी मानिसमा आयो भन्न सकिने अवस्था छैन।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top