२२ पुस, एजेन्सी ।
कोरोना संक्रमण तिब्र भएपछि फेरि लकडाउन गरिएको बेलयातमा प्रतिबन्धमा पनि कडाइ गरिएको छ।
प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो देशबाट बेलायत प्रवेश गर्ने सबै यात्रुलाई कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको बताएका छन्। बेलायतमा हरेक ५० जनामध्ये एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
सन् २०२० को अन्तिम दुई हप्तामा बेलायतमा संक्रमण ७० प्रतिशतसम्म बढोत्तरी भएको प्रमुख मेडिकल अधिकृत क्रिस वेट्टीको भनाइ छ। उनका अनुसार कोरोना भाइरसको नयाँ प्रकार पनि बेलायतका सबै ठाउँमा फैलिइसकेको छ।
