स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्न चैतसम्म लाग्ने

२१ पुस ७७, बुधबार

२२ पौष, रसुवा । चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्न चैतसम्म लाग्ने भएको छ ।

केही ठाउँमा पोल सार्ने काम सुरु नै गर्न नपाउँदा समय लाग्ने भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे शाखाले जनाएको छ । २०७६ सालको चैतदेखि पोल सार्ने काम सुरु भएको भए पनि कोरोना भाइरसको जोखिम, टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको र तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीय बासिन्दाको अवरोध र भौगोलिक विकटतालगायत कारण काममा ढिलाइ भएको केन्द्रले जनाएको छ ।

स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ । यही पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भए पनि प्राधिकरणले चैतसम्ममा मात्र सक्ने जानकारी गराएको छ । सडक खण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा ५० प्रतिशत पोल हटाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

Advertisement

योजना प्रमुख नारायणदत्त भण्डारी भण्डारीका अनुसार चैतसम्ममा पोल सार्ने काम सकिएमा त्यसपछि स्तरोन्नतिको काम सुरु हुने छ । स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेकोमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ । यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने योजनाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top