घुस लिएको आरोपमा चिनियाँ उद्योगपतिलाई मृत्युदण्ड

२२ पुस, एजेन्सी ।
चीनका एक उद्योगपति लाइ शिओमिनलाई घुस लिएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

Advertisement

शिओमिनमाथि सुनाइएको मृत्युदण्डको सजायलाई लिएर मानवअधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले शिओमिनलाई सो सजाय दोषभन्दा निकै ठूलो भएको उनीहरुको भनाई छ ।

लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनीमाथि २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप छ । लाई शिओमिनलाई सुनाइएको मृत्युदण्डको सजाय राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा भएको र सोही अनुसार कठोर सजाय सुनाएको बताइएको छ ।

Advertisement

चिनियाँ अधिकारीका अनुसार लाई शिओमिनले ह्युआरोंग एसेट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष हुँदा घुस लिएका थिए । उनले १९९९ मा यो वित्तीय कम्पनीको स्थापना गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top