×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

नेपालका सीमावर्ती शहर बर्डफ्लुको जोखिममा !

२२ पुस, काठमाडाैँ ।
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ ।

छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपंक्षी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताए । डा. निर्मलले कोभिड १९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको बिराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परीक्षणको निम्ति प्रयोगमा दिइएको र अहिले पशुपंक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपन्छी रोगकै परीक्षणका निम्ति दिनुपर्ने बताए ।

Advertisement

सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन पनि उनको आग्रह छ ।

यसै सन्दर्भमा डा. विमल कुमार निर्मलसँग न्युज एजेन्सी नेपालले गरेको संक्षिप्त कुराकानी “कोभिड कहर नेपालमा शुरु भइसकेपछि बर्डफ्लु नेपालमा आएको थिएन । बोर्डहरु शिल भएको, पशु तथा पशुजन्य पद्धार्थ कुनैपनि आयात भएको अवस्था थिएन । अहिले भारतको बर्डफ्लु आएको छ । हामि सचेत हुनुपर्छ । नेपालमा देखा परिसकेको त छैन तर सम्भावना रहन्छ । जब छिमेकी मुलुकमा तथा सिमानामा आयो भने नेपालमा पनि स्वभाविक हुन्छ । बर्डफ्लु १० वर्षदेखि खेपीरहेका छौँ । यस वर्षको तयारी भनेको, जहाँ फार्ममा लाग्यो त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने छ । पहिले ३ किलोमिटर वा ५ किलोमिटर भन्ने थियो । अहिले त्यो छैन । पहिलो सूचना आउनेबित्तिकै टार्गेट त्यो फार्मलाई गर्छौ । हामिसँग अहिले बर्डफ्लु आदेश छ । बर्डफ्लु नियन्त्रण आदेशमा कन्ट्रोल रुम स्थापना गर्छौ । एउटा यहाँ पनि छ, पशुसेवा विभाग अन्र्तगत महानिर्देशकले हेर्नुहुन्छ ।

एउटा कुरा भनौँ, गत वर्ष कतिपय रोगको नियन्त्रणमा केन्द्रीय सरकार र प्रदेश सरकारको तालमेल मिलेन । किनभने धेरैजसो यो रोग नियन्त्रणको स्रोतहरु र जिल्लाका कर्मचारीहरु प्रदेश सरकार अन्र्तगत परिसकेपछि अप्ठ्यारो भएको थियो । आदेशमा त्यससम्बन्धी संशोधन पनि गरिसकिएको छ । गृह मन्त्रालय समेतको समन्वयमा रहेर बर्डफ्लु रोग नियन्त्रण नियमावली नै बनाईरहेका छौँ । तर अहिले आदेशमै काम गरिरहेको अवस्था हो, पशुसेवा विभागको महानिर्देशकको संयोजकत्वमा । उहाँले तत्काल सम्बन्धित प्रदेशको सचिवसँग सम्पर्कमा रहनुहुन्छ ।हामिले यो बेलामा दुई कुरामा विशेष तत्परता देखाएका छौँ । प्रयोगशाला– जहाँ यस सम्बन्धी रोगको निदान र पहिचान गर्ने र अर्को, क्वारेन्टाइन–जतिपनि सीमा क्षेत्र छ त्यहाँ ध्यान दिने । झन्डै १ खर्ब भन्दाबढी लगानी भएको उद्योग यसलाई जोगाउनका लागि व्यवसायीहरु आफैँपनि लाग्नुहुन्छ । प्रत्येक प्रदेशमा उहाँहरुसँग हाम्रो एउटा संयन्त्र छ ।

बर्डफ्लु नियन्त्रण आदेश अनुसार प्रमुख भएकाले यसलाई प्रमुख जिल्ला अधिकारीले हेन्डील गर्नुहुन्छ । कहिँपनि यो रोग देखियो भने प्रयोगशालाले किटान गर्ने, क्वारेन्टाइनले सुपरिवेक्षण गर्ने, तुरुन्तै बर्डफ्लु नियन्त्रणको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीले यसमा नियन्त्रणको प्रक्रिया अगाडी बढाउने । कोभिडको बेलामा झन्डै हाम्रो ५÷६ वटा प्रयोगशाला कोभिड रोग पहिचानको लागि प्रयोग भइरहेको छ । प्रदेश नं. १ मा बिराटनगर, प्रदेश नं. २ मा जनकपुर लगायत चितवन, धनगढी, सुर्खेतमा प्रयोगशाला दिएका छौँ । हाम्रो पशुपन्छीमा रोग आइसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हामिले अनुरोध गरेका छौ कि, ति प्रयोगशालाहरु क्रमशः पशुपन्छीकै लागि प्रयोग गर्दा राम्रो हुने । यो रोगको बढी जनसंख्या भएको चितवनवरिपरि, रुपन्देही, नवलपरासी, हेटौँडा, कोहलपुर, काठमाडौँ वरिपरी निगरानीको रुपमा हेर्छौ ।

किसानलाई पनि ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन, हेल्थ सर्टिफिकेशन नलिइ जानुहुन्न । कहिँ ठुलो संख्यामा कुखुरा मरेको छ भने जानकारी दिनुहुन अनुरोध छ । बिरामी भयो भने मारेर गाडीदिने अथवा बेचिदिने गर्नुहुन्छ । गाड्दैमा भाइरस मर्दैन । कुनै न कुनै रुपमा अन्य क्षेत्रमा संक्रमण हुन्छ र नराम्रो गर्छ । त्यसरी गाड्नुहुन्न । कुनै रोग छ भने आफैँले नगाड्नु, बेचबिखन नगर्नु । त्यस गरिएको पाए कारबाही गर्छौ । क्वारेन्टाइनमा कडाई गरेका छौँ । किसानहरु आफै पनि सचेत हुनुहुन्छ । जाडो महिनामा आउने रोग भएकोले एक महिना विशेष सजगता रहन अपिल गरेका छौँ । बर्डफ्लु फैलियो भने खपत घट्ने हुन्छ । किसानलाई अप्ठ्यारो पर्छ । बर्डफ्लुको मारमा किसान नपरुन् । सजग रहन अनुरोध गर्दछु ।”

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top