विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए

विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए

२३ पुस, चितवन ।
नेकपा दाहाल–नेपाल निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटनको विरोधमा हाल दाहाल–नेपाल समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् ।

सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेकपाको ओलीइतर समूहका साथै अन्य राजनीतिक दलहरु पनि विरोधमा उत्रिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.