धनी राम कोरी
२३ पौष, कपिलवस्तु ।
कपिलवस्तुबाट प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा विभिन्न खाद्यान्न लगायतका सामग्री बरामद गरेको छ ।
प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा छाडेको सुट कपडा ८० मिटर , पेन्ट ४४ मिटर , चिनी २०० के.जी , तेल २३ लिटर , ग्यास चुलो ५ थान , बिस्कुट ,सुर्ती, बनारसी आसिक ३४ प्याकेट गरी अनुमानित १ लाख २५ हजार बराबरको अबैध सामानहरु नियन्त्रणमा लिएको कपिलवस्तुका एस. पी. नवराज अधिकारीले जानकारी दिए ।
अबैध समानहरु आवश्यक कार्वाहीको लागि सुठौली भन्सार कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।