ओलीले सम्मान पाउने काम गरेनन्: मृगेन्द्रकुमार सिंह यादव

२३ पौष, काठमाडौं ।

जनता समाजवादी पार्टीका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री ओलीले पदीय आचरण भन्दा विपरित काम गरेको टिप्पणी गरेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले प्रधानमन्त्री ओलीले आफ्नो पद अनुसारको सम्मान पाउने काम गर्न नसकेको बताएका हुन् । त्यसैले प्रधानमन्त्रीलाई सम्माननीय भन्ने कि असम्माननीय भन्ने आफू द्विविधामा परेको बताए ।

उनले भने ‘सम्माननिय प्रधानमन्त्रीज्यूको यो कदमको, अझ सम्माननिय प्रधानमन्त्री भन्दापनि सम्माननिय भनौं की नभनौं ? काम चाहिं अर्कैअर्कै किसिमको गर्ने, सम्मान पाउने खालको काम नगर्ने, सम्माननिय प्रधानमन्त्री भनौं की असम्माननिय प्रधानमन्त्री भनौं ? बडा द्विविधामा छु ।’

प्रतिनिधि सभा विघटन असंवैधानिक मात्रै नभएर अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश र कायरतापूर्ण भएको पनि सांसद यादवले बताए । उनले भने ‘प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असमायिक कदम हो भन्दै यसको घोर भत्र्सना म र मेरो दलले गर्दछ ।’

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको अन्तरिक विवादलाई देखाएर जननिर्वाचित संस्थालाई नै विघटन गर्ने कदम ठिक नभएको बताए । उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई श्रीमती र बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गरे ।

सांसद यादवले प्रधानमन्त्री ओलीको आफूलाई संसदमा घेरावन्दीमा परेको भन्ने भनाईको समेत प्रतिवाद गरे । उनले नक्सा पारित गर्दा घेराबन्दीमा परेको हो भन्दै प्रश्न समेत गरे ।

उनले भने ‘घेराबन्दी रे । कसले पा¥यो घेराबन्दीमा । यो चुच्चोको लागि प्रस्ताव राख्नुभयो त्यो बास्तवमा सिंगो सत्तापक्षको, प्रतिपक्षको सर्वसम्मतिले प्रतिनिधि सभा राष्ट्रिय सभाले साथ थियो । कहाँ घेराबन्दी गरेको थियो प्रतिनिधि सभाले । कुन विषयमा घेराबन्दी ग¥यो । त्यसैले यो अलोकतान्त्रिक कदम हो । देशको अविभावक रहनु भएको संस्था, संविधानको संरक्षक रहेको संस्था राष्ट्रपतिले नै गुटबन्दीमा परेर प्रधानमन्त्रीको कदमलाई सदर गरेको समेत बताए ।उनले मिल्छ भने अझैपनि फिर्ता लिन आग्रह गरे ।

उनले भने ‘हाम्रो अविभावक, सम्पूर्ण नेपालीको अविभावक । संविधानको संरक्षक । तर उहाँले एउटा गुटबन्दीमा परेर यस्तो काम गराइयो । सम्माननिय प्रधानमन्त्रीबाट सम्माननिय राष्ट्रपतिले । म आग्रह गर्न चाहन्छु अहिले पनि सच्चिने ठाउँ छ भने सच्याइयोस ।’ सांसद यादवले मुद्दा संवैधानिक इजलासमा गएको र त्यहाँबाट न्याय पाउने आशा रहेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top