धनुर्मास पूजापछि पशुपतिनाथको ढोका बन्द

२५ पुस ७७, आइतबार

२६ पुस, काठमाडौं ।

पशुपतिनाथलाई जाडोबाट जोगाउन २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टा पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिएको थियो । पूजा सकिएसँगै मन्दिरको मूलढोका बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए ।

Advertisement

आज बेलुकी आरती गर्नमात्र मन्दिरको ढोका खोलिनेछ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरी आदिकालदेखि मनाउँदै आएको धनुर्मास पर्व सम्पन्न भएको छ । पुस १५ देखि पुस २९ गतेसम्म सौर र चान्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ ।

पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर, खिचडीलगायत प्रसादका रुपमा चढाउने परम्परा छ । पशुपतिनाथलाई चढाउने खिचडी बनाउँदा दालको आधा चामल र चामलको आधा घिउ हाल्नुपर्ने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

पूजामा पशुपतिनाथका मूलभट्ट, पशुपतिनाथ अमालकोट कचहरीका द्वारेलगायत सहभागी हुनुभएको जनाइएको छ । धनुर्मास पूजा सकिएपछि आज बिहान ६ः०० बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।

मानव शरीरमा भएका विभिन्न चक्रलाई खुशी पार्न महिनाअनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको प्राध्यापक पौडेल बताउँछन् । विगत वर्षमा धनुर्मास पूजामा विशेष पूजा गर्ने भक्तजनबाट रसिद काटेर गराइने गरिएकामा यस वर्ष पूजाको विधि पूरा गरी अन्य भक्तजनको पूजा नगराइएको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

पूजापछि भगवान् शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उनले सुनाए । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुँदै आएको छ ।रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top