×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

राष्ट्रिय सभामा प्रधानमन्त्रीलाई कसले के साधे ?

२६ पुस, काठमाडाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दलिय स्वार्थकाहिसाबले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गरेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्यहरुको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्र गरी सेरेमुनियल रुपमा राखेको भन्दै राष्ट्रपति प्रति पुरातनवादी सोचका मान्छेहरु र मुलुकलाई पछाडी फर्काउन चाहानेहरुले दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गर्ने गरेका बताएका हुन् ।

राष्ट्रिय सभा सदस्यअनिता देवकोटाले ‘यहाँले महाराज घोषणा गरियोस भनेर राष्ट्रपतिकोमा पठाउनुहोला, राष्ट्रपतिले त्यो विज्ञप्ति जारी गर्नुहोला, के हामीले महाराज भनेर मान्ने ?’ भन्ने प्रश्नको उत्तर दिदैँ प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढंगले चल्ने राष्ट्रपति नभई सेरेमोनियल राष्ट्रपति राखेको बताए । सम्मानित संस्थाको रुपमा, संविधानको रक्षक र पालकको रुपमा, मर्यादाको रुपमा रहेर काम गर्ने राष्ट्रपति संविधानले व्यवस्था गरेको उनको भनाई छ । उनले भने – ‘राष्ट्रपतिलाई हामीले जम्मा जम्मी प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्रै हिसाबमा एउटा सेरेमुनियल रुपमा राष्ट्रपति राखेका छौँ अनि के एक्टिभ राष्ट्रपति चाहियो हामिलाई ?प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढंगले चल्ने राष्ट्रपति चाहियो हामिलाई ?महाराजधिराज जस्तो राष्ट्रपति चाहियो हामिलाई हुकुमतामेल गर्ने ?त्यस्तो राष्ट्रपति हामिले खोजेको होईन । हामिले खोजेको सम्मानीत राष्ट्रपति भनेको सेरेमोनियल राष्ट्रपति हो । जसले सम्मानित संस्थाको रुपमा, संविधानको रक्षक र पालकको रुपमा मर्यादाको रुपमा रहेर काम गर्छ, त्यस्तो राष्ट्रपति खोजेको हो । संविधान भन्दा बाहिर गएर स्वेच्छाचारी ढंगले चल्ने राष्ट्रपति अहिलेको संविधानको कुरा पनि होईन । हामिले ल्याएको प्रणालीको कुरा पनि होईन । हाम्रो संविधानको व्यवस्था पनि होईन । राष्ट्रपति प्रति केही पुरातनपन्थी सोचका मान्छेहरु मुलुकलाई पछाडी फर्काउन चाहाने तत्वहरु अथावाआफ्नो संकिर्ण दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गर्छन् । हामिले देखि भोगि आएको कुरा हो ।’

Advertisement
Advertisement

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसार नबनेको बताए । उनले तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त सरकार धारा २ अन्र्तगत बनेको र प्रधानमन्त्रीले संसदले अर्को सरकार बनाउने सम्भावना हुँदाहुँदै किन संसद विघटन गर्नुभयो भन्ने प्रश्न गरे । जवाफमा प्रधानमन्त्री ओलीले सरकार निर्माणको बेलामा उपधारा १ अनुसार नभए पनि दुई राजनीतिक दल एकिकरण पश्चात दुई पार्टी मिलेर एउटै संसदीय दलको नेताआफु छानिइ सरकार संविधानको धारा ७६ को उपधारा १ अनुरुप परिणत भएको बताए । वर्तमान सरकार एकै दलको बहुमतको सरकार भएको र संसद विघटनको सिफारिस गर्दासम्म आफु बहुमत प्राप्त दलको संसदीय दलको नेता रहेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले २०१७ सालमा राजा महेन्द्रले कु गरेजस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि तरबार झुण्ड्याएको बताए । राष्ट्रिय सभा सदस्यहरु सदन बन्द होस भन्ने पक्षमा नरहेको उनको भनाई छ ।

Advertisement

प्रधानमन्त्रीओलीलाई राष्ट्रिय सभा सदस्यहरु जितेन्द्रनारायण देव, प्रमिलाकुमारी, रमेशजंग रायमाझि, प्रकाशपन्त र अनिता देवकोटाले प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले आ–आफ्नो दलको चुनावको तयारीमा लाग्न सुझाव समेत दिएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top