ट्रायलमा ६० नम्बर आए लाइसेन्स !

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ ।

यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।

Advertisement

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दाबी छ ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top