चीनमा आठ महिनापछि पहिलो पटक कोरोनाका कारण एकको मृत्यु

१ माघ, काठमाडौँ । चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ ।

चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेई प्रान्तमा आज एक जनाको ज्यान गएको पुष्टि गरेको अल जजिराले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि हेबई प्रान्तमा समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको छ । जोखिम बढेपछि त्यहाँको यातायात, बजार पसल तथा विद्यालय बन्द भएका छन् ।

जोखियुक्त सहरमा त्यहाँको सरकारले लकडाउन गरेको छ । दुई करोड मानिस घरभित्रै बसेका छन् । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन ५० जनाभन्दा सङ्क्रमित भेटिएका थिए । चीनमा आज एकैदिन १३८ जना सङ्क्रमित भेटिएका छन् । गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो ।

यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोली आज चीन जाँदैछ । डब्ल्यूएचओको टोलीलाई चीनले वुहानमा प्रवेश दिन्छ कि दिँदैन भन्ने बारे केही खुलाएको छैन । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरेको थियो ।

यसअघि कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top