पौडेललाई भेट्न बोहराटार पुगे देउवा

पौडेललाई भेट्न बोहराटार पुगे देउवा

५ माघ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास पुगेका छन् । पार्टीको आन्तरिक विषयमा छलफल गर्न देउवा पौडेल निवास गएका हुन् ।

सोमबार अपरान्ह देउवा बोहराटारस्थित पौडेलनिवासमा पुगेका देउवा निकट स्रोतले जानकारी दिएको छ । पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न पार्टीका दोस्रो तहका नेताले काम गर्दै आइरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.