पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

६ माघ, काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

Advertisement

नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि गरेको थियो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

Advertisement

तर नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ।

मूल्य वृद्धि गरे पनि अर्धमासिक रूपमा निगमलाई ४९ करोड नोक्सान हुने अनुमान गरेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top