प्रतिनिधिसभा पुनस्थापना नभए जनअदालतमा जान्छौँः यादव

७ माघ ७७, बिहीबार

७ माघ, सप्तरी ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनस्र्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट गरे ।

कोभिड–१९ का कारण रु साढे ६ खर्बको नोक्सान बेहोरेको अर्थतन्त्रले चुनावका लागि थप रु २० अर्ब खर्च धान्न नसक्ने अवस्थामा निर्वाचनमा जाने निर्णय गलत भएको पूर्वउपप्रधानमन्त्री यादवले बताए ।

Advertisement

सो अवसरमा जसपाका नेता राजेन्द्र महतोले नेपाल–भारत सीमा अवरुद्ध गरेर मात्र कोरोना नरोकिने बताए । विरोधसभामा प्रदेश नं २ का मन्त्री नवलकिशोर साह र शैलेन्द्रप्रसाद साह तथा जसपाका नेता रेणु यादव र मनीष सुमनले कम्युनिष्ट र कांग्रेसको प्रलोभनमा नफस्न सबैमा आग्रह गरे ।

गाउँगाउँबाट नाराबाजी गर्दै आएको जुलुसले आमसभाअघि राजविराज नगर परिक्रमा गरेको थियो ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top