×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026

राष्ट्रपतिकाे पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

८ माघ, एजेन्सी ।

कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन्।

Advertisement

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ। “हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,” सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्। उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’

उनका मुख्य आदेश कस्ता छन्?

कोरोनाभाइरस महामारी
चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन्:

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने

कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने

सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने

आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

जलवायु सङ्कट
वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छ:

सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए
आप्रवासन
आप्रवासनको विषयमा उनको आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गरेका छन्:

ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा

मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द ।

बीबीसी नेपाली

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top