८ माघ, सर्लाही।
सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । बिहीबार बिहान दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरका अनुसार दुर्घटनामा मृत्यु भएका दुई जना महिलाको सनाखत हुन बाँकी रहेको छ ।
