८ माघ, एजेन्सी ।
सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाको गोल सहयोगमा युभेन्टस इटालियन सुपर कप च्याम्पियन बनेको छ ।
स्टेडियो मापेइमा बुधबार राति भएको खेलमा युभेन्टसले सिरी ‘ए’ प्रतिद्धिन्द्धी नेपोलीलाई २–० ले पराजित गर्दै सुपरकपको उपाधि हात पारेको हो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रत दिलाए । उनले बर्नरडेस्चीको कर्नरबाट आएको बललाई क्लोज रेन्जबाट जाली चुमाएका थिए ।
८०औं मिनेटमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा चुक्दा नेपोली बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जुआन कोर्डाडोको पासमा अल्भारो मोराटाले गोल गदै युभेन्टसलाई २–० जित दिलाउदै च्याम्पियन बनाए ।