देशभरका वडाहरुमा आज काँग्रेसको विरोध प्रदर्शन

७ माघ ७७, बिहीबार

८ माघ, विराटनगर ।
नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलनमा ओर्लिएको हो। आजको विरोध प्रदर्शन ६ हजार ७४३ वडामा हुनेछन्।

विरोध सभामा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्। संविधानमा भएको व्यवस्था प्रतिकुलका कार्यमा काँग्रेस एकमत रहेको उल्लेख गर्दै देउवाले असंवैधानिक कदमविरुद्ध एक्यवद्धता प्रकट गर्नसमेत अपिल गरेका छन्।

Advertisement

यसअघि काँग्रेसले पुस १३ गते १६५ प्रतिनिधि सभा क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा क्षेत्र र माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन तथा विरोध सभा गरी ओली सरकारको कदमको विरोध गरिसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top