काँग्रेसका पुराना नेता जोशीको निधन

२० जेठ ७५, आइतबार
Share this
732shares

धनगढी, जेठ २०
नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ ।

Advertisement

बझाङको नेपाली काँग्रेसको संस्थापक रहेका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिए।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहनुभएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

Advertisement

आन्दोलनका क्रममा उनले बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन बिताएका थिए । स्व जोशीको स्थानीय मोहना नदीको घाटमा आजै अन्तिम संस्कार गर्न लागिएको उनका छोरा सूर्यप्रकाश जोशीले बताए ।

नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top