×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री कपबाट सुदूरपश्चिम प्रदेश बाहिरियो

१० माघ २०७७

१० माघ, काठमाडौं ।
राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय त्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ ।

मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूर पश्चिमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement
Advertisement

सुदूरपश्चिमको एक खेल भने अझै बाँकी छ । सजह जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।

लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेटले गुमाएर मात्र ६२ रन जोड्न सक्यो । यस्तै नारायण जोशीले सर्वाधिक १७ रन जोड्दा कप्तान सन्तोष भट्टले ११ रनको योगदान गरे ।

तीन खेलाडी शून्यमा पवेलियन फर्किँदा केही ब्याट्स १० भित्र समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । अनिल खरेल र बिक्रम भुसालले २÷२ विकेट लिए ।

जितसंगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ । लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश–२ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा पुलिसलाई ७४ रनको नतिजा सुम्पिएका थियो ।

लगातार तीन खेलमा पराजय भोगेको सुदूरपश्चिम यस अघि बागमती प्रदेश र पुलिससँग पराजित भएको थियो ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top