पूर्वराजासँग कसको गोप्य भेट ? (भिडियो)

१० माघ, काठमाडौं । पछिल्लो समय चर्चाका प्रमुख केन्द्रमा छन् संसद विघटन र राजसंस्था । मरिसकेको राजसंस्था ब्युँतिदैन भनेर राजनीतिक परिवर्तनका मुख्य पात्रहरुले दाबी गरिरहँदा पछिल्लो समय उनीहरुले नै एक अर्कालाई राजसंस्थासँग जोड्दै शंकाको दृष्टिले हेरिरहेका छन् ।

एक कार्यक्रममा बोल्दै १० वर्षे जनयुद्धका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई राजतन्त्र पुर्नस्थापनाको प्रारम्भिक विन्दु रहेको संकेत गरे । प्रचण्डले घुमाउरो पारामा ओली गणतन्त्र विरोधी रहेको र उनी राजतन्त्र पुर्नस्थापना गर्ने योजनामा लागेको बताए । त्यसअघि संसद भंग भएलगत्तै पुष ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत नेताहरुका पछिल्ला कदमप्रति रोष प्रकट गर्दै बेलैमा नसच्चिए ठीक नहुने चेतावनी दिएका थिए । प्रतिनिधिसभा विघटन हुनुपूर्व पनि राजावादीहरुको गतिविधि देशभर बढेको मात्र थिएन बालुवाटारमा बसेको सर्वदलिय वैठकमै राजसंस्था पुर्नस्थापना हुनुपर्ने आवाज उठेको थियो । दिन दिनै राजसंस्थाको पक्षमा सडकमा प्रर्दशन हुदै आएका थिए । त्याहाको जनसहभागिता उत्साहजनक देखिएको थियो । लगत्तै संसद विघटन भएपछि ओलीले संविधानको हत्या गरेको भन्दै राजनीतिक परिवर्तन मेट्न खोजेको आरोप लाग्यो । प्रधानमन्त्री ओलीसँग सम्बन्ध बिग्रिएपछि नेकपाको दाहाल–नेपाल समूहका नेताहरुले ओलीलाई दिनहुँ जसो गणतन्त्र विरोधीको आरोप लगाइरहेका छन् । हरेक कार्यक्रममा ओलीलाई संविधान विरोधी र गणतन्त्र विरोधीको बिल्ला भिराएपछि त्यस विषयमा आथेली पनि बोले । उनले प्रतिक्रिया दिँदै आफुलाई गणतन्त्र विरोधी भन्नेहरुकै ज्ञानेन्द्र शाहसँग साँठगाँठ रहेको खुलासा गरेका छन् ।

पछिल्लो समय ओलीको विरोध गर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता प्रमुख हुन् । यी नेता वा यी मध्ये कसले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य भेट गर्ने गरेको हो भने ओलीले प्रष्ट्याएनन् । राजसंस्था ब्यूँतिने चर्चा बाक्लिएकै बेला राजसंस्था फाल्न मुख्य पात्र मानिएका नेताहरुबाटै पूर्वराजासँग जोडिएका विषयहरु बाहिर आउनु गम्भिर विषय हो । प्रधानमन्त्री पदमा रहेका ओलीले पूर्वराजासँग उठबस रहेको भनि कसलाई इंगित गर्न खोजेका हुन् ? प्रधानमन्त्री ओलीले संविधानलाई लत्याएको भन्दै सर्वत्र विरोध छ। विरोधका बाबजुद प्रधानमन्त्री ओली तोकिएको मितिमा निर्वाचन हुन्छ र संसद पुर्नस्थापना हुदैन भन्ने दाबी गरिरहेका छन् । निर्वाचन नभए वा संसद पुर्नस्थापना नभए देश गम्भिर राजनीतिक संकट तर्फ मोडिने खतरा रहेको पनि चर्चा छ । के ओलीको चर्को विरोध गर्ने प्रचण्डलाई नै राजासँग गोप्य भेट गरेको भनि संकेत गरेका हुन् ? राजसंस्थाको चर्चा, प्रधानमन्त्री ओलीले इंगित गरेको पूर्वराजा ज्ञानेन्द्र सँगको गोप्य भेट के राजसंस्था फर्कने संकेत हो ? वा विना सत्यता मात्र तालीका लागि मात्रै यस्ता विषयहरु निस्किएका हुन् ?अब एकअर्काको खेदो खन्न भाषण गर्दा निकालिएका यस्ता गम्भिर विषयलाई प्रष्ट पार्ने जिम्मेवारी कसले बहन गर्ने ?

 

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top