सुन तस्करी प्रकरणका अभियुक्त  छिरिङको बयान (बयानको पुर्णपाठसहित)

विराटनगर,जेठ २१
३८ क्वीनटल सुन तस्करी र सनम हत्याकाण्डमा संलग्न गिरोहका मुख्य सदस्य मानिएका छिरीङ वाङ्गेल घलेले आफू सुनको कारोबारमा संलग्न नरहेको र गोरेले आफू अनि आफ्ना मान्छे जोगाउन आफ्नो नाम पोलेको बयान दिएका छन् ।

आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका घलेले आफू सुनको कारोबार गर्ने व्यक्ति नै नभएको जिकीर गरेका छन् । अधिवक्ता सरोज अधिकारी मार्फत निवेदन दिएर विराटनगरस्थित जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका घलेको बयान लिने काम सकिएको छ ।

जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको ईजलासमा उनको बयान लिइएको छ । बयानपछि भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षकालागि कारागार चलान गर्ने आदेश भएको मोरङ जिल्ला अदालतका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । भुजुङ गुरुङ नाताले भिनाजु पर्ने भएपनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

Advertisement

मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ । यसअघि उनकै नेतृत्वमा सुन लुटिएको आशंका गरीएकोमा उनले सुन तस्करीमा नै आफु नरहेको बयान दिएर यो विषयलाई थप गुमराहामा लगिदिएका छन् । यसअघि पक्राउ परेका गोरे अनि मृतक सनम शाक्यकी प्रेमिका निशा सेन ठकुरी लगायत अन्यले उनी सुन कारोवारमा संलग्न रहेको र सुन लुटपाटमा समेत भूमिका खेलेको बयान दिएका थिए ।

उनले अदालतमा दिएको बयानमा डा डेबिट भन्ने आफु नभएको जिकीर समेत गरेका छन् । सुन तस्करीका मुख्य नाईके भनिएकाहरुले नै बयानमा एक अर्कालाई आरोप लगाएका छन् । उनीहरुले छानविनलाई प्रभावित बनाउने उद्धेश्यले त्यसो गरेको हुन सक्ने छानविनमा संलग्न सरकारी अधिकारीले आशंका गरेका छन् ।

लामो समय फरार रहेका उनी पनि कसैलाई सुईको नदिकन अदालत पुगेर आत्मसमर्पण गरेका थिए । यस अघि गोरे र एसएसपीले पनि योजनामै आत्मसमर्पण गरेका थिए ।

सुन तस्करीको विषयमा छानविन गरीरहेको इश्वर पौडेल नेतृत्वको छानविन समितिले मुख्य ठानेका व्यक्ति पालैपालो अदालत गएर आत्मसमर्पण गर्न थालेपछि छानविन समितिलाई तस्करीको जालो खोतल्न समस्या हुने भएको छ ।

बयानको पुर्णपाठ

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top