१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गर्ने जस्तो सुकै सभा पञ्च र्याली भन्दा फरक नहुने बताएका छन् ।
सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूहरुको सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए । उनले अघि भने, ‘केपीले जत्रो सभा गरेपनि पञ्च र्याली भन्दा फरक हुनेछैन ।’
पञ्चहरुले पनि आफ्नो शासन ढल्ने-ढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको भन्दै प्रचण्डले अघि भने, ‘केपीहरुले गर्ने (सभा) ठूलो भएपनि के सानो भए पनि के ? ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके ।’