ईयूद्वारा यूकेमै बनेको एस्ट्राजेनिका खोप दिन माग

१४ माघ ७७, बिहीबार

१५ माघ, बीबीसी ।
युरोपेली सङ्घ ईयूले औषधी कम्पनी एस्ट्राजेनिकालाई यूकेमा रहेको उत्पादन केन्द्रबाट आफूहरूलाई कोभिड–१९ खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ।

Advertisement

एस्ट्राजेनिकाले यो वर्षको पहिलो त्रैमासिकमा यसअघि आफूले बाचा गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने भन्ने निर्णयले ईयू नेताहरूलाई क्रुद्ध पारेको थियो।

कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आउनुलाई कारण बताएको छ। तर ईयूले त्यस्तो अभावलाई अन्यत्रको उत्पादनले नै भए पनि पूर्ति गर्नुपर्ने जनाएको छ।

Advertisement

आलोचना र दबाब
खोप दिने काममा भइरहेको ढिलासुस्तीका लागि ईयूभित्रै उक्त क्षेत्रिय सङ्गठनको समेत आलोचना भइरहेको छ।

ईयू र एस्ट्राजेनिकाबिचको सम्झौता गोप्य राखिनुपर्ने बिषय भनिएतापनि ईयूले एस्ट्राजेनिकाले त्यो सार्वजनिक गर्न सक्ने जनाएको छ। विवरणहरूका अनुसार सन् २०२१ को ज्यानुअरी–मार्च महिनाका लागि ईयूले यसअघि सम्झौता गरेभन्दा ६० प्रतिसत कम डोज खोप पाउने बताइएको थियो।

Advertisement

द नेदरल्याण्ड्स र बेल्जियमका उत्पादन केन्द्रमा समस्या आएको भन्दै उक्त कम्पनीले आफूहरू दुई महिना ढिलो हुने जनाएको हो।

एस्ट्राजेनिकाको खोपलाई अझै ईयूले मान्यता दिइसकेको छैन तर शुक्रवार इयूको औषधी नियामकले त्यसको लागि बाटो खोलिदिने अपेक्षा गरिएको छ।

ईयूले के भनिरहेको छ ?
समस्या समाधानका लागि दुई पक्षबीच बुधवार साँझ वार्ता भएपछि ईयूले आफ्नो पुरानै अडान दोहोर्‍याएको छ।

ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले एउटा ट्विट गर्दै आपूर्तीको समयसीमामा निरन्तर भइरहेको स्पष्टताको अभावप्रति आफूहरूको खेद रहेको बताएकी हुन्।

बुधवारको एउटा पत्रकार सम्मेलनमा किरियाकिअसले समस्या नभएका यूकेका उत्पादन केन्द्रहरू समेत सम्झौताको एउटा पाटो भएकाले कम्पनीले आपुर्ती गर्नैपर्ने बताएकी थिइन्।

उनले भनिन्ः ईयूका सबै २७ देशहरू एस्ट्राजेनिकाले हामीसँग गरेको बाचा बमोजिमको आपूर्ती गर्नैपर्छ भन्ने कुरामा एकताबद्ध छौँ।

सम्झौता
ईयूले गत अगस्टमा एस्ट्राजेनिकासँग ३० करोड मात्रा खोपको लागि एउटा सम्झौता गरेको थियो।

जसमा सम्भव भए थप १० करोड डोज उपलब्ध गराउने विषय समेत समेटिएको छ। इटलीले ढिलासुस्तीको यस बिषयलाई लिएर कानुनी उपचारमा जाने चेतावनी दिएको छ।

ईयूसँग अझ ठूलो खोपको सम्झौता गरेको फाइजररबायोएनटेकले समेत ढिलासुस्ती गरिरहेको छ। फ्रान्सेली औषधी उत्पादक सानोफीले एउटा घोषणा गर्दै उसले यो वर्षको अन्त्यसम्ममा फाइजर–बायोएनटेकको १२.५ करोड मात्रा खोप उत्पादनमा सघाउने जनाएको छ।

सानोफीको वक्तव्यमा उसले जर्मनीको वायोएनटेकलाई जुलाईदेखि फ्र्याङ्फर्टमा रहेको आफ्नो केन्द्र प्रयोग गर्न दिने जनाएको हो। उसको आफ्नै खोप विकासमा भने ढिलो भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top