अवैध काठ बरामद

२१ जेठ ७५, मंगलबार

पाँचथर, जेठ २२
पाँचथरको फिदिमस्थित एक फर्निचर उधोगबाट प्रहरीले सोमबार १०२ क्युवि फिट अवैध काठ बरामद गरेको छ ।

Advertisement

फिदिम नगरपालिका १ स्थित बिक्रम लिम्बुले संचालन गरेको पाथिभारा फर्निचर उधोगबाट लुकाई राखेको अवस्थामा ३११ थान सखुवाको चिरान लकडी बरामद भएको हो।

प्रहरीले विशेष सुचनाका आधारमा लिम्बुको फर्निचर उधोगमा सोमबार दिउँसो छापा मारेको थियो।

Advertisement

बरामद लकडी आवश्यक कारवाहीका लागी सोमबार नै जिल्ला वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top