विरोध सभालाई सम्बोधन गर्न प्रचण्ड धनगढीमा

१७ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। उनी बुद्ध एयरको जहाजमा धनगढी पुगेका हुन्।

Advertisement

यस समूहको नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल शुक्रबार नै धनगढी छन्। प्रचण्ड-नेपाल समूहको नेकपाका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले दुबै अध्यक्ष धनगढी पुगेको जानकारी दिए।

नेकपाले धनगढीको खुलामञ्चमा शनिबार बिरोध सभाको आयोजना गरेको छ। विरोधसभालाई नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Advertisement

यस्तै, प्रदेश इन्चार्ज भीम रावलले पनि विरोधसभालाई सम्बोधन गर्ने बताइएको छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोधमा सभा आयोजना गरिएको सोडारीले बताए।

सभामा ५० हजारको जनसहभागिता हुने दाबी उनको छ। प्रचण्ड-नेपाल समूहको विरोधसभालाई लक्षित गरी कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Advertisement

एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाइएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। धनगढीका चौकहरूमा प्रहरीको बाक्लो उपस्थिति छ। शंकास्पद व्यक्तिका झोला जाँचसमेत गरेको पाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top