महाभियोगको मुद्दामा ५ वकिलले ट्रम्पको साथ छोडे

१८ माघ, एजेन्सी ।
महाभियोगसम्बन्धी सिनेट ट्रायलका लागि दुई साताभन्दा कम समय बाँकी रहँदा ट्रम्पका तर्फबाट बहस गर्ने उनको कानुनी टोलीका ५ वकिल बाहिरिएको सीएनएनले जनाएको छ ।

यस मुद्दामा आफूलाई कानुनी रुपमा प्रतिनिधित्व गर्ने वकिल खोज्न पहिले नै संघर्षरत रहेका ट्रम्पका लागि यो अर्को झट्का भएको पनि बताइएको छ ।

यसअघि ट्रम्पको टोलीमा प्रमुख वकिलका रुपमा सहभागी हुने अपेक्षा गरिएको बुच बोवर्स र डेब्रोआ बार्बिअर अहिले उनको साथमा छैनन् । यसबारे परिचित एक स्रोतले बताएअनुसार दुवै पक्षले संयुक्त रुपमा ट्रम्पको समूह छाड्ने निर्णय गरेका हुन् ।

कोलम्बियाका प्रतिष्ठिन वकिल बोवर्स कुनै समय पूर्वराष्ट्रपति जर्ज डब्लू बुस नेतृत्वको न्याय विभागमा काम गर्थे भने क्यारोलिनाका वकिल बार्बिअरले चाहिँ थुप्रै हाई–प्रोफाइल मुद्दामा काम गरिसकेका छन् ।

त्यस्तै अर्का नर्थ क्यारोलिनाका वकिल जोस हावर्ड ट्रम्प मुद्दामा उनको बचाउका लागि संलग्न हुने भनिएको थियो जो पनि यसबाट अहिले बाहिरिसकेको बताइएको छ । यसबाहेक अन्य दुई वकिल जोनी ग्यासर र ग्रेग ह्यारिसले पनि ट्रम्प मुद्दाबाट आफ्नो संलग्नता हटाइसकेका छन् ।

यी घटनाहरुबारे जानकार रहेका व्यक्तिले सिएनएनलाई बताएअनुसार ट्रम्प यस मुद्दामा आफ्ना वकिलहरुलाई ठूलो स्तरमा निर्वाचनमा धाँधली भएको पक्षमा बहस गराउन चाहन्थे र आफ्नोतर्फका कानुनी टोलीले यसबारे गरिरहेको छलफलप्रति सन्तुष्ट थिएनन् ।

हाल बाहिरिएका कुनै पनि वकिलहरुलाई पूर्वभुक्तानी भने गरिएको थिएन । यससम्बन्धी ट्रम्प अभियानका सल्लाहकार जेसन मिलरले सीएनएनसँग भनेका हुन्, “कार्यकालबाट बाहिरिइसकेका राष्ट्रपतिमाथि महाअभियोग लगाउने डेमोक्रेट्सहरुको प्रयास पूर्ण रुपमा असंवैधानिक छ र हाम्रो देशका लागि पनि राम्रो हुनेछैन ।

अहिले हामीले ट्रम्पतर्फको कानुनी टोलीबारे अन्तिम निर्णय लिइसकेका छैनौं तर यो छिटै तयार हुनेछ ।” दुईपटक महाअभियोग लाग्ने अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति ट्रम्प आगामी फेब्रुअरी ९ का दिन सिनेटहरुका सामु ट्रायलमा उपस्थित हुँदै छन् ।

उनी दोषी ठहरिए अमेरिकाको कुनै पनि निर्वाचित पदका लागि अब कहिल्यै लड्न पाउनेछैनन् । यसअघि संसद् भवनमा भएको हमलालाई लिएर प्रतिनिधि सदनले हिंसालाई प्रोत्साहन गरेको आरोपमा उनीमाथि महाअभियोगको मुद्दा अघि बढाएको थियो ।

तर सिनेट ट्रायलमा ट्रम्पलाई आधिकारिक रुपमा दोषी ठहर गर्नका लागि दुईतिहाइको बहुमत आवश्यक पर्नेछ जसको अर्थ १७ जना रिपब्लिकन पनि यसको पक्षमा हुनुपर्ने हुन्छ ।

यसबारे न्युयोर्क टाइम्सले गरेको रिपोर्टअनुसार अहिलेसम्म ट्रम्पमाथि महाअभियोग जारी गर्ने पक्षमा २० भन्दा धेरै सिनेटहरु रहेको पाइएको छ । यसकारण पनि ट्रम्प पक्ष बलियो कानुनी टोली निर्माण गर्नमा निरन्तर लागिपरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top