सबै डाँकुहरु मिलेर मलाई ब्लाकमेल गरिरहेका छन्ः इमरान खान

१८ माघ, एजेन्सी ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विपक्षी नेताहरूलाई डाँकुको संज्ञा दिँदै ती डाँकुहरू आफूमाथि खनिएको अभिव्यक्ति दिएका छन्।

भ्रष्टाचार स्थितिबारे ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पाकिस्तानको स्थिति थप खराब बनेको उल्लेख भएपछि विपक्षीहरू इमरान खानविरुद्ध खनिएका छन्। सरकार र विपक्षीबीच वाक्युद्ध थप चर्किएको छ।

इमरानले भनेका छन, ठूला–ठूला डाँकु मिलेका छन् र मलाई घुक्र्याएका छन्। एकजना भगौडा (नवाज शरीफ) लन्डनमा बसेर स्वतन्त्रता सेनानी बनेको छ, सबै पार्टीमा रहेका डाँकुहरूले आफ्नो पार्टी फुट्न नदिन सरकार गिर्ने तारिख सुनाउँदै हिँडेका छन्।

उनले मौलना फजलुर्ररहमान भ्रष्ट व्यक्ति भएको र निजलाई मौलाना ठान्नु धर्मकै अपमान हुने दावी समेत गरेका छन्, उनले भनेका छन्, फजलुर्रहमान मदरसाका बच्चाहरू दुरुपयोग गर्दै अर्बपति बनेका छन्।

फजलुर्रहमान पाकिस्तानका दक्षिणपन्थी नेता एवम् जमाइत–उलेमा–ए–इस्लामका अध्यक्ष हुन्। ट्रान्सपरेन्सीको पछिल्लो प्रतिवेदनका अनुसार सन् २०१९–२० मा पाकिस्तान सुशासनको बिन्दुबाट थप ७ स्थान तल खस्किएको छ।

यसै प्रतिवेदनलाई हवाला दिँदै विपक्षी मुस्लिम लिग (नवाज) ले खान नेतृत्वको सरकारलाई इतिहासकै भ्रष्ट भएको आरोप लगाएको छ। भ्रष्टाचार आरोप लागेका पूर्वप्रधानमन्त्री नवाज शरीफ हाल पाकिस्तानमा छन्।

मुस्लिम लिग (नवाज) उनैको पार्टी हो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top