चीनले कोभिडविरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने

१९ माघ ७७, सोमबार

१९ माघ, काठमाडौं ।
चीनले पहिलो चरणमा नेपाललाई कोभिड– १९ विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ ।

Advertisement

नेपालस्थित चिनियाँ दूतावासले आइतबार प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको छ । ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् ।

भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ चिनियाँ दूतावासद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘राष्ट्रपति सी जिनपिङको प्रतिबद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामग्रीका रूपमा उपलब्ध गराउनेछ ।

Advertisement

नेपाल सरकारको अनुरोधमा चीनले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय गरेको छ ।’ चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो ।

दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ । जसले ९९ दशमलव ५२ प्रतिशत एन्टिबडी बनाएको छ ।

Advertisement

अहिलेसम्म दुई करोड ४० लाख डोज खोप प्रयोगमा आइसकेको जानकारी पनि दूतावासले दिएको छ । चीनले दिएका खोप करिब एक लाख ५० हजार नागरिकलाई लगाउन पुग्नेछ ।

चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला चीनले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि दूतावासले उल्लेख गरेको छ । ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ,’ प्रेस नोटमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य मुुलुकहरूबाट पनि मान्यता पाएको छ । खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरीलगायत १३ देशमा आपत्कालीन प्रयोगका लागि मान्यता पाएको छ ।

नेपालका सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा चिनियाँ दूतावासले आपत्कालीन उपयोगका लागि खोपको दर्ता प्रक्रिया अघि बढाएको र चाँडै नेपालमा आपूर्ति हुने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top