आज थपिए १७१ संक्रमित, २५९ जना डिस्चार्ज

२० माघ, विराटनगर । नेपालमा आज थप १७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २५९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार २८९ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३० रहेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ४ सय पुगेको छ भने क्वारेन्टिनमा ९५ जना छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top