मुलपानी क्रिकेट रंगशालाका विषयमा प्रधानमन्त्री नै अनविज्ञ

२० माघ,काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाण्डौमा गरेको खेलकुदसंग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताए ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पारे । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उनले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए । हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिलेही नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गरे । उनले भने “लडाईमा नहार्ने देश यत्रा यत्रा डल्ला संग किन हार्नै? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ? ” अशान्ति जीत र हारका आधारमा हुने भन्दै उहाँले भन्नुभयो “संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो,हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।”

 

उनले जीतका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उनले भने “चाहिएको कपडा÷सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ । ”

नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिए । खर्चको कमि भयो भनेर सहभागीता नै गुमाउने अवस्था आउन नदिने तर्फ पनि सचेत हुन उनले सुझाव दिए । उनले खेल जित्ने गरी तयारी गर्नुको साथै अत्याधिक सहभागीता गराउनुपर्नेमा जोड दिए । उनले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुदै आएको भन्दै उनले अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाए । प्रधानमन्त्री ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए ।

खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने बताए । आरोग्यता, निरोगी र स्वस्थ्य जीवन जीउनका लागि हरेक उमेरका मानिसहरुले आफ्नो अनुकुलका खेलहरु खेल्नुपर्ने बताए । प्रधानमन्त्रीले विषयगत केन्द्रीत भएर गरिने खेलले स्वास्थ्यलाई राम्रो बनाउने बताए । केही कठिनाई भएपनि खेलकुदले मान्छेको श्रम शक्तिलाई बढाउनुको साथै बहुपक्षीय फाइदा पु्याउने भएकाले सामाजिक व्यवहार र आचरणको रुपमा खेलकुदलाई जीवन पद्धती नै बनाउनुपर्नेमा जोड दिए । खेलकुदहरु सामान्य र विशिष्टिकृत भएको उल्लेख गर्दे उनले राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय रुपमा नै यसलाई प्रतिष्पर्धात्मक रुपमा अघि बढाउदै लैजानुपर्ने बताए ।

कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकाररले खेलकुदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो निस्कने बताए । हरेक जनताको बीचमा खेलकुद पु्याउनु आवश्यक रहेको भन्दै उहाँले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको बताए । उनले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताए ।

खेलाडीसँग प्रधानमन्त्रीले गरे प्रश्न उत्तर
प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयका सम्बन्धमा गरिएको प्रश्नमा उनले सातै प्रदेशमा एक ÷एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताए । रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट पारे । मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा उनले ‘दुई बर्ष भईसक्यो अझै भएको छैन ? भन्दै अनविज्ञता देखाए । कर्मचारी बढुवा तथा नया भर्नाका सम्बन्धमा भने उहाँले आवश्यकता अनुसार नया दरबन्दी श्रृजना गरी नियुक्ति दिने बताए । अस्थायी कर्मचारीको सम्बन्धमा यथार्थ रिपोर्ट उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिए । त्यसबारे रिपोर्ट आएपछि आफुले निर्णय गर्ने उनले स्पष्ट पारे।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top