×

NEPAL TIMES UPDATES

Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 09, 2026
Playing
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026
Playing
ख*तरा हुँदाहुँदै पनि यु*क्रेन किन जान्छन् नेपालीहरु ?|| Nepal Times
May 09, 2026
Playing
प्रशिक्षण कार्यक्रममा किन आएनन् सबै सांसद? अब पार्टीले मूल्यांकन गर || Nepal Times
May 09, 2026
Playing
World News:रुसी र साउदी विदेशमन्त्रीबीच वार्ता, पोप र मेलोनीलाई फकाउँदै रुबियो|| Nepal Times
May 09, 2026

प्रदेश सरकारले एक हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने !

२२ जेष्ठ २०७५

विराटनगर, जेठ २२
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत् उत्पादनका आयोजना शुरु गर्ने बताएका छन् ।

उनले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले जलविद्युत् आयोजना सञ्चालनका लागि आगामी निति तथा कार्यक्रममा समावेश गर्ने जानकारी दिए ।

Advertisement
Advertisement

उनले प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै रहेको र यसबाट प्रदेशलाई आत्मनिर्भर बनाई अन्य प्रदेशको आवश्यकता पूर्ति गर्ने र खाद्यान्नमा वैदेशिक आयात न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्य उल्लेख गरे।

मुख्यमन्त्री राईले सरकारको दोस्रो प्राथमिकता भनेको पर्यटन हो भन्दै यसबाट स्थानीय जनतालाई रोजगारी उपलब्ध हुनाका साथै तत्कालै नगद उपलब्ध हुने भएकाले यसले प्रदेश र मुलुकको विकास तथा समृद्धिमा बल पुग्ने धारणा व्यक्त गरे ।

उनले विराटनगर विमानस्थलका साथै क्षेत्रीय विमानस्थल विस्तार गर्ने कार्यमा प्रदेश सरकार दृढ रहेको बताउँदै यस क्षेत्रबाट छिमेकी मुलुक भारत, बंगलादेशका विभिन्न शहरमा उडान गरिने बताए।

मुख्यमन्त्री राईले छिमेकी मुलुकतर्फको हवाई उडान तथा हिमाली क्षेत्रको उडानबाट छिमेकी मुलुक भारतको पश्चिम बंगाल, विहार, सिक्किमका साथै भुटान र बंगलादेशबाट धार्मिक तथा हिमाली पदयात्राका लागि आउने पर्यटकको बसाइँ अवधि तथा खर्च गर्ने रकम वृद्धिका लागि आवश्यक पूर्वाधार तयार गरिनेमा जोड दिए ।

उनले यस क्षेत्रमा कोशी टप्पु, रामधुनी, हेलेसी, बराहक्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वरी महादेव, भेडेटार, नमस्ते झरान, नाम्जे, पाथिभरा लगायतका अन्य धार्मिक तथा पर्यटीय क्षेत्रमा भारतीय पर्यटकलाई आकर्षण गर्न निजी क्षेत्रको सहयोगमा प्रचारप्रसार र सेवा सुविधा उपलब्ध गराउन सरकार लागेको बताए ।

मुख्यमन्त्री राईले विदेशी धार्मिक पर्यटकको भ्रमणबाट विदेशी मुद्रा आर्जनका साथै मुलुकको व्यापार घाटा काम गर्ने कार्यमा प्रदेशको ठूलो सहयोग हुने विचार व्यक्त गरे ।

उनले यस प्रदेश रहेका ३५ वटाभन्दा बढी र आठ हजार मिटरभन्दा बढी उचाइका पाँचवटा हिमालको प्रचारप्रसार छिमेकी मुलुकमा गर्न निजी क्षेत्रको सहयोग लिने धारणा व्यक्त गरे ।

यहाँ रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र र गोक्यो ताल, र माइपोखरीको प्रचारप्रसार हुनसके पर्यटकको कमी कहिले नहुने उनले बताए।

मुख्यमन्त्री राइले नीति तथा कार्यक्रममा प्रदेशका ५६ निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालय खोल्नाका साथै यसबाट तीन हजार बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ सरकार हिँडेको जानकारी दिए ।

मुख्यमन्त्री राइले सरकारले प्रदेशको गौरवपूर्ण आयोजना पर्यटन, जलविद्युत् र खानीपानी पूर्वाधार निर्माणका लागि निजीलगायत बाह्य लगानी बढाउने धारणा व्यक्त गरे ।

Advertisement
Advertisement

उनले चिया, अलैँची, बेमौसमी तरकारी र फलफूल किसानका उत्पादन वृद्धिका लागि आवश्यक प्राविधिक, उन्नत बीउबिजन, मलखाद र सिँचाइको सुविधा उपलब्ध गराउने बताए ।
रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top