सरकारले सुरु गर्याे विप्लवसँग अनौपचारिक वार्ता, नेता भेट्न मन्त्री नै पुगे कारागार

सरकारले सुरु गर्याे विप्लवसँग अनौपचारिक वार्ता, नेता भेट्न मन्त्री नै पुगे कारागार

सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा वार्ताको सुरुवात गरेको छ ।

खानेपानीमन्त्री मणि थापाले मंगलबार नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् ।

सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’ सँग करिब ३० मिनेट कुराकानी गरेका थिए ।

मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए ।

‘उहाँ र म घनिष्ट मित्र हौँ, काठमाडौँ बसाइँका क्रममा र पढाइका क्रममा धेरै निकट भयौँ । जनयुद्ध लड्दा पनि हामी सँगै भयौँ । अहिले उहाँको स्वास्थ्यमा समस्या भएको भन्ने सुनेको र अनुगमनका लागि कारागार पुगेको बेला भेट भएको हो,’ मन्त्री थापाले भने ।, आजको राजधानी दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.