कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौँ : काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले कमलपोखरीलाई संरक्षण र सुन्दर राख्ने उद्देश्यका साथ यहाँका संरचना भत्काइएको स्पष्ट पार्नुभयो । अतिक्रमणमा परेको कमलपोखरी जोगाउने प्रयास २०४३ सालमै गुठी संस्थानले सुरु गरेको थियो ।

संस्थानका प्रवक्ता सरोज थपलियाले भन्नुभयो, “कमलपोखरीको किनार मिचेर बनाएका घरटहरा हटाउने सम्बन्धमा तत्कालीन राजा वीरेन्द्रबाट हुकुम प्रमाङ्गी भएको थियो । सोहीअनुसार राजाका प्रमुख सचिव रञ्जनराज खनालले सरकारका मुख्य सचिव कर्णध्वज अधिकारीलाई तीन महिनाभित्र कारबाही सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । अहिलेसम्म केही भएन । ”

Advertisement

सरकारका तत्कालीन मुख्य सचिव अधिकारीले अवकाश हुनुअघि कमलपोखरीको जग्गा व्यक्तिलाई दर्ता गराउन सहयोग गर्ने कर्मचारीलाई कारबाही गर्न दिनुभएको निर्देशन अहिले पनि गुठी संस्थानसँग सुरक्षित छ ।, याे समाचार गाेरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

सम्बन्धित समाचार

Scroll to Top