संक्रमण घटेसँगै मास्क प्रयोगमा कमी

काठमाडौँ: कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ । कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए । केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क पनि बाहिरिन थालेको छ ।

सार्वजनिक सवारी साधनमा चालक, सहचालक, यात्रुदेखि पसलका व्यापारी, सामान किन्ने ग्राहक तथा बाटोमा हिँड्ने कतिपय बटुवासमेत मास्क बेगर देखिन थालेका छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले हाल सङ्क्रमण र मृत्युको दर घट्ने क्रम रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको बताउँदै हाल सङ्क्रमणको सङ्ख्या पनि १५० देखि दुई सयको हाराहारीमा भएका कारण मास्क लगाउने दर घटेको हुन सक्ने तर्क गर्नुभयो । डा. पाण्डेले खोप आए पनि अहिल्यै सर्वसाधारणसम्म नपुग्ने भएकाले मास्क अनिवार्य रूपमा लगाउनसल्लाह दिनुभयो ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन मानिसले मास्कका साथै सबै खालका जनस्वास्थ्यका मापदण्ड बिर्सिंदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top